काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि पनि बाढी आएको छ । लगातारको झरीपछि मेलम्ची नदीमा बाढी आएको हो। बाढीका कारण हेलम्बु ४ मेलम्चीमा रहेको सरस्वती माध्यामिक विद्यालयको शौचालय बगाएको छ । वडाअध्यक्ष बुद्धिमान तामाङका अनुसार मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको हो ।
उनका अनुसार विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ । ‘विद्यालयको चौरसम्म पानी आइसकेको छ,’ उनले भने । बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको पनि वडाध्यक्ष तामाङले बताएका छन् ।
‘नदी बजारको घरहरू नजिकै पुगिसक्यो, यसरी नै बहाब बढ्यो भने वस्तीमा बाढी छिर्छ,’ उनले भने । मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ ।
पछिल्लो २४ घन्टामा मेलम्ची आसपास १२२ मिलिमिटर वर्षा भइरहेको छ । अहिले पनि एकदुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
यसअघि २०७८ असार १ र साउन १६ गते गेग्रानसहितको भेलबाढीले तटीय क्षेत्र तहसनहसन बनाएको थियो, दुई वर्षपछि पुन: बाढीले कटान गरेको हो त्यसयता मेलम्चीमा बर्खायाममा सधैँ बाढीको जोखिम हुँदै आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ