एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया फुल्टन कारागारमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षाका बीच उनले कारागारमा उपस्थित भई हुलिया अभिलेख गराएका हुन् ।
अभियुक्त दर्ता प्रक्रिया सम्पन्न गरी करिव २० मिनेटमै उनी रिहा भएको फुल्टन काउन्टी न्यायाधिवक्ता प्याट्रिक लबटले जानकारी दिए ।
तोकिएको २ लाख डलरको १० प्रतिशत धरौटी रकम बुझाइ उनी रिहा भएको सीएनएनले जनाएको छ । रिहा लगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफू निर्दोष रहेको जिकिर गरे ।
उनीविरुद्द सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियाको नतिजा उल्ट्याउने लगायत १ दर्जन बढी अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्प र अन्य १८ जना अभियुक्तहरुलाई कारागार समक्ष आत्मसमर्पण गर्न शुक्रबारसम्मको समय दिइएको थियो । पूर्व राष्ट्रपति ट्रम्पले यसअघि विभिन्न ३ ठाउँमा पनि अभियुक्त दर्ता गराइसकेका छन् । उनी विरुद्ध दर्ता भएका सबै मुद्दाको कानुनी प्रक्रिया केही महिनामा सुरु हुने जनाइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--