सुनसरी । सुनसरीको धरानमा ‘निषेधादेश’ जारी गरिएको छ । डेंगी संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेको हो ।
प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभाहरू नगर्न भनेको छ ।साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकाीलन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।
त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ैन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ