ललितपुर, ‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ ।
नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले उक्त नगरपालिकाले नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा माघ २ देखि नौ गतेसम्म सो प्रशिक्षण दिइरहेको हो । नगरप्रमुख रामेश्वर श्रेष्ठले स्थानीय पदाधिकारीलाई उक्त प्रशिक्षणमा सहभागी गराई वडास्तरबाटै विवाद अन्त्य गराउन प्रयास थालिएको जानकारी दिनुभयो ।
उक्त प्रशिक्षणमा नगरपालिकाका पाँच पदाधिकारीसहित प्रत्येक वडावटा दुई–दुईका दरले मेलमिलाप गराउन इच्छुक २० जनाको सहभागिता रहेको छ । आठदिने प्रशिक्षण समापनपछि समाजमा हुने घटनाका सम्बन्धमा प्रशिक्षार्थीको परीक्षण गरिने जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रशिक्षार्थीको परिक्षणले उनीहरूको कमीकमजोरी पहिचान हुनाका साथै वडामा दक्ष व्यक्तिको सहभागितामा मेलमिलाप समिति निर्माण गर्न सहयोग पुग्ने छ । ”
उक्त नगरपालिका न्यायिक समिति प्रमुख निर्मला थापाले वडामै समाधान गर्न सकिने मुद्दामा नगरपालिकालाई बोझ नहोस् भन्ने उद्देश्यले प्रशिक्षण अघि बढाइएको जानकारी दिनुभयो । “ वडा कार्यालयले समाधान गर्नसक्ने स–साना मुद्दा वडामै समाधान हुनुपर्छ”, उहाँले भन्नुभयो ।
वडाले मेलमिलाप गराउन नसक्ने मुद्दा नगरपालिकाले हेर्छ । उक्त नगरपालिकाका कानूनी सल्लाहकार अच्युतराज बुढाथोकीले प्रशिक्षार्थीलाई मेलमिलाप के हो, मेलमिलाप कसरी गराउने, विवादको जड के हो, यसको पहिचान कसरी गर्ने, फौजदारी प्रकृतिका विवाद वडा कार्यालयमा दर्ता किन गरिँदैन, ती कार्यालयले देवानी प्रकृतिको मुद्दा मात्र किन मेलमिलाप गराउन पाउछनजस्ता विषयमा जानकारी गराउनुभएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ