सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

रुसी नियन्त्रित आफ्नो भूभाग फिर्ता लिन युक्रेनद्वारा सैन्य कारबाही तीव्र



प्रकाशित समय: शुक्रवार, ११ : १० बजे भदौ १५ गते



रुसी नियन्त्रित आफ्नो भूभाग फिर्ता लिन युक्रेनद्वारा सैन्य कारबाही तीव्र

एजेन्सी । युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र बनाएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको छ ।

जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा उपस्थिति बढाउन युक्रेन सफल भएको छ । सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको युक्रेनी उच्च सैनिक अधिकारीको दावी छ ।

रुसी सैन्य आधारका रुपमा समेत रहेको दक्षिणी मोर्चा कमजोर बनाउन युक्रेन सफलउन्मुख रहेको पुष्टि गर्ने तथ्यहरु भेटिएको सीएनएनले जनाएको छ । तर रुसले भने युक्रेनी आक्रमणको सामना गरिरहेको दावी गरेको छ ।

पछिल्ला दिनहरुमा युक्रेनले विष्फोटक हतियार सहितका ड्रोनमार्फत रुसी सैन्य पकडलाई धोल्लो बनाउँदै लगेको दावी गरेको छ ।