सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नक्कली कागजात बनाउने पक्राउ

प्रकाशित समय: सोमवार, ०८ : ३६ बजे माघ ७ गते



नक्कली कागजात बनाउने पक्राउ

काठमाडौँ, प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।

 

पक्राउपर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

 

उक्त साइबरले नक्कली कागजपत्र बनाउँदै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । सो क्रममा निज श्रेष्ठले सक्कली सर्टिफिकेट, सवारी चालक अनुमतिपत्र, नागरिकतालगायतमा वास्तविक नाम हटाइ नक्कली नाम राखी बिक्री गर्ने गरेको पाइएको थियो ।

 

प्रहरीले उनका साथबाट नक्कली कागजपत्र बनाउन प्रयोग गरिएको ल्यापटप, फोटोकपी मेसिन र तयारी अवस्थामा राखिएका नक्कली कागजपत्रसमेत बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई लिखत कीर्तेमा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।