बुटवल, १८ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बिचमा आज मतदान हुदैछ ।सहमतिको प्रयास असफल भए पछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरे पछि उनीहरु बिच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिए पछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।
तर, दुबै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुबैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।
उम्मेदवारी दर्ताको समय आज विहान १० बजेसम्म रहेको छ। यद्धपी, यस बिचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिश भने जारी रहने जनाईएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ