पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रविन्दू हुनसक्छ ।’
अन्तर्राष्ट्रिय हवाइ अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिनु हुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘पर्यटन प्रवद्र्धनका लागि देश लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन ।’ पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने छ, हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गछौं । भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिनसकिन्छ भन्ने चुनौति सरकारसँग रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘युद्ध, भुकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठूलो प्रभाव प¥यो र अर्थतन्त्रमा शिथिलता देखिएको बताउनुभयो । भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ किसिमले देखियो ।’ सबैजना आ–आफ्नो ठाउँबाट गुज्रिन जरुरी छ, आफ्नो जिम्मेवारीप्रति गम्भीर उहाँले आग्रह गर्नुभयो ।
समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा. महतको भनाइ थियो । सबैले सकरात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकरात्मक बाटोतर्फ उन्मुख हुन्छ, उहाँले भन्नुभयो, पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन । यसको भविष्य दीगो छ । थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन ।’
पूँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिनेछ । ठेक्का समयमा लगाइने । ठूलठूला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ । यसबाट पूँजी प्रभाव हुने मन्त्री डा. महतले बताउनुभयो ।
‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको समस्या, छ । एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो’ मन्त्री डा. महतले भन्नुभयो, ‘यसलाई सरकारले गम्भीरताका साथ लिएको छ । बाटो राम्रो हुनेवित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ ।’
अन्तर्राष्ट्रिय पर्यटक वृद्धिका लागि हवाई यातायात महत्वपूर्ण हो । नेपाल जाने भनेको राजधानीमै हो । काठमाडौंको एयरपोर्ट साँघुरो छ । जतिसुकै धेरै पर्यटक ल्याउँछु भने पनि अन्तर्राष्ट्रिय उडान आउने क्षमतै कम छ । एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनै पर्छ । यसलाई हामीले प्राथमिकतामा राखेका छौं । त्यो एयरपोर्ट बनाउन सकियो भने ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ । सँगसँगै फ्रास्ट ट्रयाक र सिद्धार्थ राजमार्ग बनाउन सकियो भने सडक यातायातबाट पनि हामीले प्रशस्त पर्यटक भित्र्याउन सक्छौं ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ