चितवन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ ।
शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टी बिरुद्ध पनि बिभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको हो । अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उहाको भनाइ छ । उहाले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने जिकिर गर्नुभयो ।
कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ