काठमाडौं । आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो ।सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
समितिका अनुसार महोत्सवमा प्रत्येक दिन चारवटा सेसन, एक की नोट स्पीच रहने छन् । साथै, तीन फरक-फरक दिन कविता, गजल र सांगीतिक साँझ हुने कार्यक्रम तालिका रहेको छ । पहिलो दिन उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ