काठमाडौं । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सो बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री दाहालले गर्नेछन् । श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ।
वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम सो बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुने जनाइएको छ ।
सो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागीता रहनेछ।
बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुदैछ। बैठक सोमवार र मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ