सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित समय: सोमवार, ०३ : ३८ बजे भदौ २५ गते



अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन्।

 

उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युर्योक जान लागेका हुन् ।अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

 

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन् ।