सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

प्रकाशित समय: मगलवार, ०६ : ५७ बजे भदौ २६ गते



सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे गरिने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय गरेको छ ।

 

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् ।

 

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ । नेम्वाङका २ छोरी र २ छोरा छन् । छोरीहरू भने काठमाडौँमा नै छन् ।

 

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो ।