काठमाडौं, २८ भदौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो ।
यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए । पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।
बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पु¥याइएको हो ।मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।
उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ