काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।
न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तीपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ