जनकपुरधाम । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् ।
जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ”, नेता निधिले भने, “पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।”
वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो । विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ