कास्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्थाका लागि विधान संशोधनको वातावरण बनेको बताउनुभएको छ ।
फागुन ९ र १० गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने साधारणसभा तथा विधान अधिवेशनको तयारीबारेमा स्थानीय व्यवस्थापन समितिसँगको छलफलमा उहाँले प्रत्यक्ष निर्वाचनमा जाने गरी विधानमा व्यवस्था गर्ने केन्द्रीय समितिको प्रस्तावलाई महासङ्घ प्रदेश, जिल्ला, एशोसियट तथा विभिन्न पत्रकारसँग सम्बन्धित सङ्गठनले स्वागत गरेकोले त्यस्तो वातावरण बनेको बताउनुभयो ।
उहाँले तीनवटै तहका नेतृत्व चयनका लागि एकैपटक मतदान गर्ने व्यवस्था विधानमा गरिने र नीतिगत छलफलका लागि छुट्टै कार्यक्रम गरिने बताउनुभयो । विधान अधिवेशनलाई चन्दा माग्ने नीति नरहेको र आर्थिक सङ्कलन व्यवस्थित गर्न केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ रहेको आर्थिक समिति बनेको छ ।
महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले पत्रकार महासङ्घको सदस्यताप्राप्तिबारेमा पर्याप्त बहस हुनुपर्ने र केवल निर्वाचन जित्न सदस्य थप्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ भन्नुभयो ।
महासङ्घका शाखा अध्यक्ष श्रेष्ठले अधिवेशनको तयारी गर्न आवास, स्मारिका सम्पादन, रजिष्ट्रेशन, दृश्यावलोकनलगायत विभिन्न २७ उपसमिति बनाइएको बताउनुभयो ।(रासस)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ