काठमाडौं, २ असोज । एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् ।
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।सोमबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए ।
गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--