काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । मङ्गलवार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ । सो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली आइपुग्नेछ ।एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।
यसैबीच प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रङ्गशालामा भौतिक रूपमा पनि किन्न पाइने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--