काठमाडौं। नेपाली कांग्रेसको ११०औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेश्रो दिनको कार्यक्रम बुधबार शुरु भएको छ।
नेपाली कांग्रेसको मुख्यालय बी.पी.स्मृति भवनमा बुधबारको कार्यक्रमको प्रारम्भ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले
‘बिपीको समाजबादी परिकल्पनामा शिक्षा’ विषयमा करिव एक घण्टा लामो सम्भाषण प्रस्तुत गरे।
सो अवसरमा बोल्दै शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे।
‘बीपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित थियो। शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उतिर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छ। तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ। बीपी त्यही राजनेता हुनुहुन्थ्यो’, डा. माथेमाले भने।
उनले शिक्षा समान कहिल्यै हुँदैन, यसमा राजनीति हुन्छ तर राजनीतिकको हस्तक्षेपबाट र शिक्षाको ब्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नु पर्ने बताए। नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाको लागि अभिभावकहरुले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताए।
उनले भने, ‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो। बिपीले सृजनशिलता र नविन शिक्षाको एवम् सबैका लागि शिक्षा , हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नु भएको थियो।
हाल नेपालका विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप चरम रुपमा छ । उपकूलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र भताभुंग भएको जनाउँदै डा. माथेमाले परिक्षा दिएर उतिर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याउनु भयो।
‘बिपीले दलित, मधेशी, मुश्लिम र आदिवासी समुदायमाथि असाध्यै समान व्यवहार गर्नुहुन्थ्यो। सबै वर्गको पहुँच थियो । तर अहिले नेपालको उच्च शिक्षामा ८० प्रतिशत वढी क्षेत्र, वाहुन र नेवार समुदायको बाहुल्यता छ’, उनले भने ।
आफू त्रिभुवन विश्वविद्यालयको उपकूलपति भएको र त्यसवेला नियुक्ति पाउँदा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष आफूले कुनै भनसुन वा निबेदन नदिएको भन्दै राजनीतिक हस्तक्षेप कुनै पनि तवरले बेहोर्नु नपरेको दृष्टान्त प्रस्ततु गरे।
बिपी आफै यति अध्ययनशिल हुनुहुन्थ्यो कि उहाँ आफै पार्टीका नेताहरुलाई अध्ययन धेरै गर्न सुझाव दिने गरेको त्रिविविका पूर्वउपकूलपति डा. माथेमाले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ