काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।
बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि-सक्षम पूर्वाधारमा स्टार्ट-अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ