सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इरानमा हिजाब नलगाउने महिलालाई १० बर्षसम्म जेल सजायँ

प्रकाशित समय: शुक्रवार, १० : २८ बजे आश्विन ५ गते



इरानमा हिजाब नलगाउने महिलालाई १० बर्षसम्म जेल सजायँ

तेहरान । अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ । हालै इराकी संसदले पारित गरेको बिद्येयकले हिजाब नलगाउने महिलालाई १० बर्षसम्मको जेल सजायँको ब्यवस्था गरेको हो । 

समाचारअनुसार अब इरानी महिलाहरुलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ। यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् । हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ। इरानको संसदले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हाे ।  

हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानूनमा सजायको म्याद १० वर्ष पुर्‍याइएको छ । त्यस्तै नियम उल्लंघन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजीओलाई पनि जरिवाना र जेल सजाय हुनेछ ।