काठमाडौं, ५ असोज । सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् ।काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।
उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताए । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए ।
साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ