सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० जेठ २०८१ / Thursday, 23 May 2024

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी



प्रकाशित समय: शनिवार, ०८ : २१ बजे आश्विन ६ गते



मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

 

गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

 

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए। उनका  गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो ।कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।