कराँची । पाकिस्तानविरुद्ध लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिन हिरासतमा पठाएको छ । ती पत्रकारलाई पाकिस्तानी संस्थाहरू विरुद्ध उत्तेजक फिचर तथा लेख लेखेको आरोप छ। पाकिस्तानी च्यानलका खालिद जमीललाई एआईएले बिहीबार पक्राउ गरेको थियो । एफआईएले आरोपितहरू विरुद्ध दर्ता गरेको एफआईआरमा जमीलले ट्विटरमा डरलाग्दो फोटो, भिडियो र ट्वीटहरू पोस्ट गर्ने गरेको बताएको छ ।
पाकिस्तानी प्रहरीकाअनुसार आरोपित पत्रकारले गलत र भ्रामक जानकारी साझा गर्दै आएको र त्यो नरोकिए पछि पक्राउ गरिएको जनाएको छ । प्रहरीकाअनुसार उनको यो ब्यबहारले जानाजानी गलत व्याख्या गरी राज्य विरोधी लेख लेख्ने मात्रै काम गरेनन्, उनको कार्यले नागरिकमा डरसमेत पैदा गराउने कार्य गरियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ