सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

प्रकाशित समय: शनिवार, १२ : ११ बजे आश्विन ६ गते



नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन ।

 

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन ।बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।

 

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए ।उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियाे । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उनी नै सर्बसम्मत भएका हुन ।