काठमाडौं । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहातका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो । शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन ।
अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहातका शिक्षकहरु असन्तुष्ट रहेका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ