काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ। जिल्ला अदालत, काठमाडौँमा मुद्दाको पेशी नचढी सुनुवाइ स्थगित भएको हो। गोलाप्रथाबाट इजलास तोकिँदै आइएकाेमा सन्दीप विरुद्धको मुद्दा अदालतमा उपस्थित भएका न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले सुनुवाइ स्थगित भएको हाे।
यसअघि पटक-पटक पेशीमा चढे पनि विभिन्न कारणले स्थगित हुँदै आएको मुद्दामा आज पनि अन्तिम सुनुवाइ नहुने भएको हाे। यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन। पहिलो पटक गत ११ वैशाखमा सर्वोच्चको आदेशअनुरूप अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन भयो भने मुद्दा फेरि लम्बियो।
पछिल्लो पटक गत २१ भदौमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभरि वहस गरे तर उनले अन्तिममा मुद्दालाई निरन्तरता दिइनन्। उनले अन्तिममा मुद्दालाई हेर्दाहेर्दैमा निरन्तरता नदिएर बसाइसराइँ कागज प्रमाणीकरण गर्न आदेश दिएकी थिइन्।
त्यसपछि १ असोजका लागि सन्दीपको मुद्दा पेसी तोकिएपनि गोलप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भयो। तर न्यायाधीश घिमिरे बिदामा भएका कारण उनको मुद्दामा पेशीमै नचढी स्थगित भयो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ