सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

प्रकाशित समय: मगलवार, ०१ : २९ बजे आश्विन ९ गते



कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

काठमाडौं ।आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

 

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगाएत प्रदर्शनमा उत्रिएका हुन् ।

 

प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरु कुटिनु दुखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताए ।

 

त्यस्तै उनीहरुले अव सरकारले आफुहरु उधारो सहमति मान्य नहुने स्पष्ट पारेका छन् । पोखराको मणिपाल अस्पताल, चितवन लगाएतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरु आन्दोलित भएका हुन् ।