सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

प्रकाशित समय: मगलवार, ०३ : २१ बजे आश्विन ९ गते



काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई: का टाेलीहरुबीच वार्ता सुरु भएको हो ।

 

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई उपस्थित छैनन् । महानगरले ई सँग वार्ता गर्न वार्ता टोली बनाएको थियाे ।फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् ।वार्तामा मेयर साह नआउने भएपछि अभियन्ता ई पनि वार्तामा नआएका हुन् ।

 

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् भने ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

 

यसअघि मेयर बालेन साहसँग अभियन्ताहरुले भेट्न खाेजेपनि समय नदिइएकाे आराेप ई :ले लगाएका थिए ।