ललितपुर,लामो समयदेखि जिर्ण अवस्थामा रहेको लेले-चन्दनपुर मोटरबाटोको स्तरउन्नती सुरु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ लेले बसपार्कबाट सुरु हुने यो सडक कोन्ज्योसोम गाउँपालिका हुँदै महाङ्काल गाउँपालिका वडा नम्बर ५ चन्दनपुर सम्म रहेको छ।
दक्षिण ललितपुरको सबैभन्दा पुरानो र प्रमुख मार्गको रुपमा रहेको लेले-चन्दनपुर सडकलाई स्तरउन्नती गर्न वागमती प्रदेश अन्तर्गत पुर्वाधार विकास कार्यालय ललितपुरले वहुवर्षीय टेण्डर आव्ह्वान गरेको थियो।
कार्यालयले १५ करोड २६ लाख ६८ हजार ८१७ रुपैयाँ बराबरको टेन्डर निकाल्दै मान्यता प्राप्त ठेकेदारहरुलाई आह्वान गरेकोमा श्री सुसान/शान्ति जे.भि ले ठेक्का न. IDOLTP/W/NCB/110/2079-080 बाट टेन्डर पाएको थियो।
निर्माण व्यवसायीले एकबर्ष भित्र काम सम्पन्न गर्नेगरी रू.१२७५९३०४२/३७ मा पुर्वाधार विकास कार्यालय ललितपुर सँग मिति २०८० असार २४ गते सम्झौता गरीसकेको छ।
पहिलो फेजमा गोदावरी नगरपालिका वडा नं ५ ले बाट कोन्ज्योसोम गाउँपालिका वडा ५ नल्लु भन्ज्याङ्ग सम्म काम गर्ने गरि सडक स्तरोन्नती कार्यको शुभारम्भ जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले गतेका छन्।
जिल्ला समन्वय प्रमुख फुँयालले दक्षिण ललितपुरको मेरुदण्डको रुपमा रहेको यो सडकको स्तरउन्नतीले यस भेगका जनताको आर्थिक उन्नतिमा ठूलो फड्को मार्ने बताए। उनले जिल्ला समन्वय समितिको क्षेत्राधिकार अनुसार समन्वय र पहलमा अरु धेरै सडक तथा पुर्वाधारको स्तरउन्नती हुने बताए।
यो सडक चन्दनपुरबाट ठुलादुर्लुङ,गिम्दी,आश्राङ, प्युटार हुदै कान्तिलोकपथ बगुवासम्म जो
डिसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ