काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुगेका थिए । अब ल्हासाबाट उनी मानसरोबर जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । भगवान शिवका वासस्थान मानिने कैलाश पर्वतको दर्शन र प्रसिद्द धार्मिक स्थल मानसरोवरको भ्रमणका लागि उनको साथमा परराष्ट मन्त्री एनपी साउँदसहित भ्रमण दलमा रहेका सदस्यहरू रहने छन् । प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् । उनी राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीनको भ्रमणमा निस्केका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ