सुर्खेत । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।
गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए । उनले भने, “यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।”
रक्षामन्त्रीसमेत रहेका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताए ।
अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाइ थियो । कर्णालीको जल, जडीबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भए पनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिको एकमत रहेको उनले जनाए ।
उनले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मुलुकको पूर्वाधार तथा ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण सम्झौता गरेको बताए । उनका अनुसार सुशासन एवं जनमैत्री शासन व्यवस्थाको प्रत्याभूति जनतालाई गराउने खालका सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरिनेछ ।
कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको भन्दै उनले यहाँका जनताको खुसी र समृद्धिका लागि सबैदल एक हुनुको विकल्प नभएको धारणा राखे ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको बताए ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने भनाइ राखे । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आयोजनाको अलग्गै कार्यालय हुनुले काममा छरितोपन आउने र पर्यटन विकासमा पनि सघाउ पुग्नेमा विश्वास व्यक्त गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ