सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने

प्रकाशित समय: आइतवार, ०२ : २० बजे आश्विन १४ गते



संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली सदाका लागि बन्द गर्न उहाले माग गर्नुभयो । त्यस्तै लामिछानले सधै घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाउनुभयो ।

 

उहाले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाउनुभयो ।