काठमाडौँ, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । प्रहरी परिचालनदेखि शान्ति सुरक्षाका अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था गरिएकामा मुख्यमन्त्री राउतले आपत्ति प्रकट गर्नुभयो । प्रदेश नं २ को सरकारले यसअघि नै संविधानबमोजिम प्रदेश प्रहरी ऐन ल्याइसकेको उहाँले स्पष्ट पार्नुभयो ।
संविधानको अनुसूचीमा व्यवस्था भएअनुसारको क्षेत्राधिकारभित्र रहेर सङ्घीय, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री राउतले थप्नुभयो, “यी दुवै विधेयक फिर्ता गर्नुपर्छ, सबैको मनोभावनाअनुसार आउनुपर्छ । संविधानले प्रदेश सरकारलाई अधिकार दिएको छ । संविधानले प्रदेशभित्र प्रहरी प्रशासन हुने स्पष्ट गरेको छ ।
प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको छ ।” उहाँले नेपाल–भारतबीच सदियौँदेखिको राम्रो सम्बन्ध रहेको सुनाउँदै दुवै मुलुकको हित हुने काम हामीले गर्नुपर्नेमा जोड दिनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ