सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध

प्रकाशित समय: मगलवार, ०५ : ०९ बजे आश्विन १६ गते



बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध

काठमाडौँ ।बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।

 

यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको छ ।

 

भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । अहिलेसम्म मानवीय क्षतिको जानकारी छैन । तर थुप्रै संरचना भत्किएको अनुमान छ ।

 

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

 

ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरू गइरहेको हुनाले खुला ठाँउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन पर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।