बाँके । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू आदेश आजपनि जारी छ ।
ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गर्ने क्रममा बिपीचोकबाट त्रिभुवनचोक जाने क्रममा र्यालीमाथि अज्ञात समुहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।
र्याली नियन्त्रण भन्दा बहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।
प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मी सहित १३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्का विरुद्ध जथाभावी नलेख्न आग्रह गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ