सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ

प्रकाशित समय: बुधवार, ०३ : ३१ बजे आश्विन १७ गते



११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।

 

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन् ।उनलाई स्वयम्भूबाट पक्राउ गरिएको हाे ।

 

यो सुन तस्करी गरेको घटनामा मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो । त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको छ ।