काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि (बिहीबार) हुने भएको छ ।
बुधबार उमेदवारीमाथि दाबी विरोध र फिर्ताको काम गरिने निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।गण्डकीमा निर्वाचनका लागि आज उमेदवारी मनोनयन भएको छ । पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ ।
शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ