काठमाडौं । एसियन गेम्समा सहभागी भएर नेपाली क्रिकेट टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा कुनै पदक जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको अनुहारमा विजयी मुस्कान थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत आज विशेष रूपमा गरिएको थियो । खेलाडीहरूलाई पहिलो आम यात्रुहरू निस्किने टर्मिनलबाटै बाहिर निकालिन्थ्यो ।आज भने भिन्दै टर्मिनलबाट निकालियो । नेपाल प्रहरीले टीमका स्वागत गर्न बाजागाजासमेत व्यवस्था गरेको थियो ।
प्रहरीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एसियन गेम्स क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्वकीर्तिमान कायम गरेका थिए । सम्भवतः त्यसैलाई सेलिब्रेट गर्न प्रहरीले विशेष रूपमा स्वागत गरेको हो ।
स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले नतिजा नेपालको पक्षमा नआए पनि यो भ्रमण धेरै सकरात्मक रहेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ