पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । पार्टीको पहिलो गण्डकी अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको हो ।
निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै छ । कुल ९०७ जनाले मतदान गर्नेछन् । सकेसम्म आजै मतपरिणाम सार्वजनिक गरिनेछ ।अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ । तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेलको समेत साथ छ ।
शर्मा एमाले प्रदेश गण्डकीका हालका अध्यक्षसमेत हुन् । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ