सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

प्रकाशित समय: शुक्रवार, ०१ : ०२ बजे आश्विन १९ गते



भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

 

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।

 

प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।