काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरेका थिए । शुक्रबार प्रतिनिधि सभाको बैठकबाटै अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरेका हुन् ।
‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधि ध्यान दिनुपर्यो भनेर आग्रह गरे, अनुरोध गरे’ बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेको विषय अध्यक्ष लिङ्देनले स्मरण गरे ।
उनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ