सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

घर पूर्ण रुपमा क्षति भएका भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री घोषणा

प्रकाशित समय: शुक्रवार, ०४ : ३० बजे आश्विन १९ गते



घर पूर्ण रुपमा क्षति भएका भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री घोषणा

काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।भूकम्प प्रभावितको स्थिति बुझ्नन बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।

 

यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ ।राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको र थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताए । भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताए ।

 

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छन् ।