सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेको धरौटी अस्वीकार, थुनामा पठाउन आदेश

प्रकाशित समय: शनिवार, १२ : ०६ बजे आश्विन २० गते



प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेको धरौटी अस्वीकार, थुनामा पठाउन आदेश

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई जिल्ला अदालत काठमाडाैंले धरौटीमा छाड्न अस्वीकार गरेकाे छ । सांघातिक हमला गरी अदालतबाट साधारण तारिखमा छाडिएका षयुज भन्ने सयुज श्रेष्ठ धरौटी समेत नतिरी फरार रहेका थिए। पछि प्रहरीले उनलाई पक्राउ गरेकाे थियाे। 

पक्राउ परेपछि धरौटी बुझाएर तारिखमा रहन खोज्दा काठमाडाैं जिल्ला अदालतले धरौटीमा छाेड्न अस्वीकार गरेकाे हाे । ५ लाख धरौटी र अन्तरिम क्षतिपूर्ति मागेकोमा षयुज धरौटी समेत नतिरी फरार रहेका थिए। फरार अवस्थामा पक्राउ परेपछि धरौटी बुझाएर तारिखमा रहन खोज्दा धरौटी स्वीकार नगरी थुनामै पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएकाे हाे ।