सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दिनको समय

प्रकाशित समय: आइतवार, ०८ : ४३ बजे आश्विन २१ गते



कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दिनको समय

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठन गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार ले सरकार गठनको आह्वान गरेका हुन् ।

‘कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।