काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजना गरिएको बिआरआईको एक दशक व्यापार, लगानी र सम्पर्क सञ्जाल” बिषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएपनि यसमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको हो ।
कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उहाले बताउनुभयो । कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहहरुका कारण बिआरआई परियोजनामा ढिलाई भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको जिकिर गर्नुभयो । उहाले चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने विश्वास व्यक्त गर्नुभयो । उहाले आफ्नो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभयो । त्यस्तै उहाले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको र वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चेन सङले बिआरआईमा आधारित परियोजनालाई नेपालको बिभिन्न क्षेत्रमा सफल कार्यान्वयनका लागि चीनले आवश्यक सहयोग गर्ने बताउनुभयो । स्थानीय बिकासका लागि बिआरआई निकै महत्वपूर्ण देखिएको उहाको भनाइ छ । बिआरआईका बारेमा जनतालाई सहि सूचना दिएर यसलाई नेपाल सरकारले अघि बढाउने उहाले विश्वास व्यक्त गर्नुभयो ।
उहाले बिभिन्न क्षेत्रमा आर्थिक लगाएतका क्षेत्रको बिकासका लागि चीनको सदैव सकारात्मक सहयोग निरन्तर हुने जिकिर गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ