धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आज उद्घाटन भइरहेकाे छ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगेका छन् । तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावललाई भने उनकै गृह प्रदेशको अधिवेशनमा आमन्त्रण गरिएन ।
आफू गृह जिल्ला अछाममै भएकाे तर अधिवेशनबारे कसैले जानकारी नगराएको कारण नगएकाे नेता रावलले बताएका छन् ।गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । उनी पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् ।
अधिवेशनमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू सबैलाई खबर गरिएको थियाे । रावललाई अधिवेशनमा नबोलाइए पनि नेतृत्व चयनमा उनकाे ‘फ्याक्टर’ले काम गर्ने अनुमान गरिएकाे छ ।
अछामकै एक नेताका अनुसार पार्टी अध्यक्ष ओली र उनी निकटहरूले नस्वीकारे पनि सुदूरपश्चिमको पार्टी राजनीतिमा भीम रावलको ठूलो प्रभाव छ ।सुदूरपश्चिम प्रदेश अधिवेशन आफ्नो पक्षमा पार्न कर्ण थापाले २०५४ सालका जिविस सभापति रहेका कृष्णप्रसाद जैसीलाई अघि सारेका छन् । पार्टी नेतृत्व पनि कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेकाे छ ।
जैसीको उम्मेदवारीविरूद्ध अछामकै कमल तिमिल्सिनालाई भीम रावल पक्षधरहरूले अघि सार्ने तयारी गरेका छन् ।रावल पक्षबाट झपट रावल, प्रकाश शाह, तारा लामा तामाङ, दयालबहादुर शाहीलगायत नेता नेतृत्व चयन आफ्नो पक्षमा पार्न खटिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ