काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार मूलधरका सीमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए ।
पौडेलले भने, ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ । सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन आवश्यक छ । राजाले गल्ती गर्दैनन् भन्ने परम्परागत मान्यता अझै रहेको छ ।’पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको समेत प्रष्ट पारे ।
पौडेलले आफू राष्ट्रपति भएपछि सकेसम्म जनतालाई दु:ख नहोस् भन्नेमा सचेत रहेको बताए । तर, सरकारका कतिपय सिफारिस कार्यान्वयन गर्ने संवैधानिक दायित्व पूरा गर्दा विवाद आएकोमा दु:ख व्यक्त गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ