सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, टिकट लिन बसपार्कमा भीड

प्रकाशित समय: सोमवार, १० : १८ बजे आश्विन २२ गते



आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, टिकट लिन बसपार्कमा भीड

काठमाडौं ।दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ।

 

यसपालि गाडी भाडा नबढाएरै बुकिङ खुला गर्ने सहमतिअनुसार आजदेखि लामो दूरीको गन्तव्यका लागि अग्रिम टिकट खुला भएको हो।काठमाडौंबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि दसैंअघि नै टिकट बुकिङ खुलाइन्छ।   

 

अग्रिम टिकट खुलेको पहिलो दिन नै बसपार्कमा टिकट काट्नेको भीड लागेको छ। आज बिहानै सयौंको संख्यामा मानिसहरू बसपार्कमा अग्रिम टिकट लिने लाइनमा छन्।